मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा

पोखरा ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को प्रकाशन पूर्व समीक्षा गरिएको छ । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपाल मावनअधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लघंनका घटनालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने अपेक्षा गरे । कार्यक्रमले सरकारलाई झक्झकाउने तथ्यांक दिने उनको भनाइ छ ।
जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले मानवअधिकार उल्लघंनका घटना न्यूनीकरण गर्न राज्यले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । मानव अधिकारका घटनामा आफू संवेदनशील रहेकाले अरुलाई पनि सचेत रहन उनको अनुरोध छ । गण्डकी प्रदेशका सचिव तीर्थराज भट्टराईले कानुनको अधिनमा रहेर कर्तव्यका पालना गरे, आधा समस्या समाधान हुने विचार राखे ।
कार्यक्रमका वक्ताहरुले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नहुँदा थप पीडामा पर्ने गरेको सुनाए । उनीहरूले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरू होस्टाइल हुने गरेको उल्लेख गरे । बलात्कार, यौन दुव्र्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरू अदालतसम्म पुग्दा होस्टाइल भइसक्ने उनीहरुले औंल्याए ।
बलात्कार, यौन दुव्र्यवहार, हत्या र बहुविवाह कसुरका अधिकांश पीडित अदालतसम्म पुग्दा होस्टाइल भईसक्ने
इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले स्थलगत रिपोर्टिङका क्रममा सुरक्षा जोखिम बढी हुने सुनाए । उनले अपराधमा संलग्नबाट प्रत्यक्ष रूपमा एक/दुई जनालाई अन्यायमा परे जस्तो देखिए पनि उसको पछाडि पीडामा पर्नेहरूको संख्या ठूलो हुने उल्लेख गरे ।
महिला मानव अधिकार रक्षक कास्की अध्यक्ष केशु भुजेलले अघिल्लो वर्षभन्दा यस वर्ष महिला हिंसाका घटनाहरु बढ्कोमा चिन्ता जनाइन् । कोपिला नेपालकी बिना सिलवालले राज्यले ज्यादतिका घटना न्यूनीकरण गर्दै अपांगमैत्री भवन बनाउन पहल गर्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रापप्रसाद तिमिल्सिनाले न्याय प्रभावकारी भएको खण्डमा मात्र नागरिक सुरक्षित हुन सक्ने बताए ।
कार्यक्रममा गैसस महासंघ गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारीले पीडितलाई न्यायको पहुँचमा पु¥याउन समाजका सरोकारवालले सहयोग गर्नुपर्नेमा जोड दिए । इन्सेकले कास्कीमा सन् २०२३ जनवरीदेखि डिसेम्बरसम्म १ सय ५८ वटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटना अभिलेख गरेको छ ।
जसमा बालबालिका सम्बन्धित हुने सबै प्रकारका घटनाबाट १९ जना, कुटपिटका १२ जना, अमानवीय व्यवहारका १५ जना, बम विस्फोटबाट घाइते २ जना र धक्कीबाट ४ जनालाई ज्यादतीको जनाइएको छ । महिलामाथि हुने घरेलु हिंसा, जबर्जस्ती करणी, यौन दुव्र्यवहार र महिला बेचबिखनबाट १ सय ४ जना र परिवारजनबाटै १ जनाको हत्या भएकोे अभिलेख इन्सेकको छ ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया