अधुरै रह्यो डेन्टिस बन्ने सपना
समाधान संवाददाता
२०८० मंसिर २५ गते ११:५३

पोखरा ।
पोखरा ५ जिरोकिलोमिटरकी २४ वर्षीया भावना बरालको डेन्टिस बन्ने सपना अधुरै रहेको छ । सडक दुर्घटनामापरि उनको निधन हुँदा उनको सपना अधुरै रहेको हो ।
बरालसँगै स्कुटरमा सवार पोखरा २५ हेम्जाकी अनिशा खड्काको पनि दुर्घटनामापरि मृत्यु भएको छ । दुवै जना गण्डकी मेडिकल कलेजमा दन्त चिकित्साशास्त्र अध्ययनरत थिए । पढाइमा लगनशिल दुवै दन्त चिकित्सक बनेर समाजसेवा गर्ने सपना थियो ।
आइतबार कलेजबाट घरफर्किने क्रममा अर्घौचोकमा उनीहरु सवार स्कुटरलाई कारले ठक्कर दिएको थियो । ठक्करपछि घाइते दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा उनीहरुको निधन भएको थियो ।
सम्बन्धित








क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया