सिद्धार्थ क्लबले बाँड्यो न्यानो कपडा

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका–५ देउराली खडागाउँस्थित भैरवी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।
रुपा ५ का वडाध्यक्ष राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगतदेखि शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यवाद दिए ।
सिद्धार्थ क्लबकी अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडाले विद्यार्थीको स्वास्थ्य र शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । क्लबका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहरसिंह गुरुङ र विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले जाडोमा न्यायो कपडा पाउँदा विद्यार्थीलाई पढाइमा सघाउ पुग्ने विचार राखे ।
कार्यक्रममा विद्यालयका २८ जना बालबालिकाका लागि न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरिएको थियो । वितरित सामग्रीहरु चिप्लेढुंगा पोखरा निवासी समाजसेवीद्वय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । क्लबका सचिव विनोदप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा निर्देशक रवि मर्सानीले स्वागत मन्तव्यसहित कार्यक्रममाथि प्रकाश पारेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया