निप्स पोखरा च्याप्टरमा पौडेल

पोखरा ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी(निप्स) पोखरा च्याप्टरको ११ औ वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनले बद्रीनाथ पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चुनेको छ ।
बिमा क्षेत्रमा कार्यरत कर्मचारीहरुको संस्था निप्सको उपाध्यक्षमा सूर्यबहादुर केसी, सचिव छविलाल पौडेल र कोषाध्यक्ष शिव सुवेदी छन् । सदस्यमा मनोज भारती, उमाकान्त बराल, टंकप्रसाद दाहाल, गणेश धमला, सुरेश रेग्मी, रामजीप्रसाद बराल र विश्वराज पौडेल छन् । अध्यक्ष निर्वाचित पौडेल एसियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख हुन ।
सभामा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव दाहालले बिमा क्षेत्रमा क्रियाशील कर्मचारीले गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । उनले अझै पनि ग्रामीण क्षेत्रमा बिमाको पहुँच हुन नसकेको उल्लेख गर्दै, बिमा साक्षरता अभियान चलाउनुपर्नेमा जोड दिए । बिमा प्राधिकरणको प्रदेशस्तरमा कार्यालय सञ्चालन भएपछि बिमा क्षेत्रमा सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताए ।
पोखरा च्याप्टरका कार्यबहाक अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु सुनयना पालिखे, केशवराज ढकाल, नेपाल सर्वेयर एसोसियसनका केन्द्रीय उपाध्यक्ष इन्जिनियर देउकाजी गुरुङ, गण्डकी संयोजक सुरेन्द्र बहादुर गोदार, नेपाल माइक्रो इन्सुरेन्सका बजार प्रमुख अमृत अधिकारी लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया