बाराही जंगल लजलाई ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्ड
समाधान संवाददाता
२०८० मंसिर २७ गते १९:४०

पोखरा । चितवनको बाराही जंगल लज २०२३ को ‘मस्ट इन्स्पिरेसनल इको लज’ अवार्डबाट सम्मानित भएको छ । बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत उक्त अवार्ड प्रदान गरिएको हो ।
टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई उक्त अवार्ड प्रदान गरेका हुन् । जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा ‘मस्ट इन्स्पिरेसनल इको लज’को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ ।
टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान गरेबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्याउने कम्पनीलाई दिइन्छ ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया