सम्मेलनमा पोखराबाट केन्द्रलाई धक्का दिन्छौंः शुक्रराज शर्मा

पोखरा ।
नेपाली कांग्रेस गण्डकीको प्रदेश सम्मेलनको तयारी पूरा भएको छ । आउँदा पुस ३ र ४ गते पोखरामा हुने सम्मेलनमा सभापति शेरबहादुर देउवा आउने कार्यतालिका छ । आइतबार कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जानकारी दिए ।
सम्मेलनमा कांग्रेस सभापति देउवासहित ५ सय जना आउने कार्यक्रम छ । सम्मेलनका लागि राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन तयार गरिएको कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी दिए । उनका अनुसार सम्मेलनको पहिलो दिन उद्घाटन हुनेछ भने दोस्रो दिन बन्द सत्र हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै शर्माले पार्टी विधान अनुरुप नचल्दा समस्या आएको सुनाए । उनले सम्मेलनले उक्त कुराको खोजी गर्ने पनि जानकारी दिए ।
‘विधानअनुसार नचल्दा पार्टीमा विकृति बढिरहेको छ । यो सम्मेलनले यस्ता कुराको खोजी गर्ने र अब कसरी राम्रो गर्न सकिन्छ त्यसतर्फ पनि कुरा हुन्छ,’ उनले भने । सभापति शर्माले गण्डकी सम्मेलनले पोखराबाट केन्द्रलाई धक्का दिने सुनाए । ‘प्रतिवेदन यसरी तयार गरिएको छ । त्यसको धक्का केन्द्रसम्म हुन्छ,’ शर्माले भने । यद्यपि कस्तो धक्का हो, शर्माले खुलाएनन् ।
जित्नुअघि पार्टी चाहिने, जितेपछि एक्लै जितेको ठान्ने प्रवृत्ति हाबी भएकोप्रति शर्माको दुखेसो थियो । लोकतन्त्र आएको लामो समयसम्म पनि जनस्तरमा परिवर्तन नभएको भन्दै उनले जनप्रतिनिधिहरु जनताप्रति जिम्मेवार हुनुपर्ने उनले सुनाए ।
उनले शेरबहादुर देउवाको वरपरका मान्छेलाई बालुवाको थुप्रोको संज्ञा दिएका छन् । गलत तत्वको वृद्धि भएकाले सबै पार्टीका अगाडि बालुवाको थुप्रो थुप्रिएको उनको भनाइ छ ।
‘हेर्दाखेरी ठूलो थुप्रो देखिन्छ । एमालेको सामु पनि ओलीलाई मान्ने ठूलो संख्या छ । बालुवाको थुप्रो हो त्यहाँ । त्यो गतिलो मुठी पर्दैन’, उनले भने, ‘कांग्रेसमा पनि हाम्रो शेरबहादुर दाइ पार्टी सभापति हुनुहुन्छ । उहाँको वरपर मान्ने मान्छेहरुको संख्या पनि धेरै देखिन्छ । तर, त्यो भित्र बालुवाको थुप्रो डल्लो पर्दैन !’
इमान्दार, नैतिक मान्छेहरुको संख्या थोरै देखिएपनि प्रभाव राख्ने उनको भनाइ छ । कांग्रेसका युवालाई विकल्प खोज्न अन्त जान पर्दैन पार्टीमै विकल्प हुन्छ भनेर अधिवेशनबाट सन्देश दिने उनले सुनाए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया