मुवाँथाई च्याम्पियनसिप तयारी

पोखरा ।
पोखरामा आगामी पुस ९ गते मुवाँथाई च्याम्पियनसिप हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा खेल हुने तयभ एको हो ।
मार्सल आर्ट अन्तर्गतको मुवाथाई व्यवसायिक फाइट हो । प्रतियोगितामा सहभागि हुने सबै खेलाडीले नगद प्राप्त गर्ने छन् । ‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ व्यावसायिक फाइटरहरुको सहभागिता रहनेछ । प्रतियोगितामा कुल १६ फाइट हुनेछन् ।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले दर्शकका लागि खेल निशुल्क रहेको जनाए । ‘यो व्यवसायिक फाइट हो । यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबले खेलाडी दर्ता गराए पनि हामीले नेपालमा प्रोफेसन रहेको फाइटरहरुलाई मात्र समेटेका छौं,’ उनले भने, ‘मुआथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नु पनि हो ।’
विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने उनी बताउँछन् । खेलाडीका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्ने छ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरी तीन विधामा खेल हुने छन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए ।
पछिल्लो समय मुवाँथाइको लोकप्रिय विश्वमा बढ्दै गएको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्नेसमेत छ । प्रतियोगितामा खेलाडीको बिमासमेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोग छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया