गणेश टोललाई उपाधि

लेखनाथ ।
पोखरा २९ ले भण्डारढिक खेलमैदानमा आयोजना गरिएको वडा स्तरीय खेलकुद कप २०८० को उपाधि गणेश टोल विकास सस्था पंट्नेरीले हात पारेको छ । शनिबार भण्डारढीक टोल विकास संस्था र गणेश टोल विकास संस्थाबिच भएको फाइनल निर्धारित समयमा बराबरी भयो ।
पेनाल्टी सुटका आधारमा भएको खेलमा ४–३ ले गणेश टोलले उपाधि जितेको हो । १७ वर्षभन्दा तलका युवालाई खेलतर्फ आर्कषण गर्नका लागि वडा नं २९ ले राखेको टोलस्तरीय फुटबल प्रतियोगितामा विजयी समूहलाई वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।
उनले स्थानिय स्तरमा खेलाडी उत्पादनका लागि यो प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गरे । प्रतियोगितामा सिद्ध टोल विकास तेस्रो र ओख्ले टोल सान्त्वना भएका छन् । विजेता हुने टिमले नगद ३० हजार, उपविजेताले नगद २० हजार, तृतीयले १५ हजार र सान्त्वना हुने टिमले नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सहभागी सबै टिमलाई नगद ५ हजार प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीतर्फ कुशल लिम्बु, उत्कृष्ट गोलरक्षकमा साजन सुनार, उत्कृष्ट गोलकर्तामा उमेश चौधरी, स्ट्राइकर सुर्दशन खत्री र डिफेन्डरमा अर्विन परियार पुरस्कृत भएको खेल संयोजक कालिदास पोखरेलले जानकारी दिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया