राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४७ मतदाता

काठमाडौं ।
आउँदो माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ मतदाता कायम गरिएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । २ हजार ४७ मतदाता कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
राष्ट्रिय सभाका २० जनाको ६ वर्षे कार्यकाल समाप्त हुन लागेको हुँदा आयोगले निर्वाचन तयारी गरेको हो । राष्ट्रिय सभाका एक तिहाइ सांसदको कार्यकाल हरेक २ वर्षमा समाप्त हुन्छ । सांसदको कार्यकाल ६ वर्ष हुन्छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने व्यवस्था छ । मृत्यु भएका जनप्रतिनिधिको नाम हटाएर मतदाता नामावली तय गरिएको पौडेलले बताए । सात प्रदेशमा कुल प्रदेश सभा सदस्य ५५० जना छन् । यसमध्ये मृत्यु भएका १ जनाको नाम हटाएर ५४९ कायम गरिएको हो ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयर गरी १ हजार ५०६ जना हुन्छन् । यसमध्ये गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका उपमेयर गरी तीन जनाको मृत्यु भएको छ । गाउँपालिकाका एक जना अध्यक्ष र नगरपालिकाका ४ जना मेयर निलम्बनमा परेका छन् । उनीहरूको नाम हटाएर एक हजार ४९८ जनाको मतदाता नामावली कायम गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । त्यसमा प्रदेश सभा सदस्यको मतभार ५३ हुन्छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका मेयर र उपमेयरको मतभार १८ हुन्छ । कुल ५७ हजार ५५९ मतभार छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया