मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी पोखराको लेकसिटी कलेजमा

पोखरा ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सोसल वर्क (सामाजिक कार्य) पढिरहेका विद्यार्थी र मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विद्यार्थीबिच बिहीबार अन्तक्र्रिया भएको छ । उक्त विषयको पढाइका सिलसिलाको अर्बान क्याम्पका क्रममा सुर्खेतदेखि सो विद्यालयका विद्यार्थी पोखरा आइपुगेका थिए ।
सोसल वर्क पढाइ हुने गण्डकी प्रदेशकै एकमात्रै कलेज लेकसिटीका विद्यार्थीसँग सुर्खेतका विद्यार्थीले अनुभव साटासाट गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयका शिक्षक डा. धनुष पाठकले सहरी शिविरका क्रममा सामाजिक कार्यको पढाइलाई प्रयोगात्मक तरिकाले कसरी लैजाने भन्ने अनुभव आदानप्रदान गर्न पोखरा आएको जानकारी गराए ।
मध्यपश्चिम विश्वविद्यालयमा सोसल वर्क पढिरहेका विद्यार्थीले आफ्ना अनुभव सुनाए भने लेकसिटी कलेजका प्रतिमा पौडेल र आशिका रानाभाटले आफ्नो कलेजका ग्रामीण र सहरी शिविरका अनुभव बाँडे । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सामाजिक कार्य संकाय प्रमुख रोशिना कुँवरले धन्यवादसहित मध्यपश्चिमका डा. पाठकलाई मायाको चिनो प्रदान गरिन् ।
यसअघि गत वर्ष लेकसिटीका विद्यार्थी सहरी शिविरका सिलसिलामा सुर्खेत पुगेका थिए । हालैमात्रै एउटा समूह चितवनको थारु बस्तीमा ग्रामीण शिविरको अनुभव बटुलेर फर्किएको छ ।
प्रतिमा पौडेल/विद्यार्थी पत्रकार








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया