फिस्टेल माविको खेलकुद स्पर्धा सकियो

समाधान संवाददाता २०८० पुष ८ गते ११:२९

पोखरा ।
पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित फिस्टेल स्पोर्टस् फेस्ट शनिबार सकिएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले सिकाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी खुला रूपमा सिकाइ हुनुपर्ने कुरामा जोड दिए ।

Advertisement


उनले भने, ‘सिकाइ चार दिवारभित्र मात्र हुन्छ भन्ने छैन, वास्तविक सिकाइ समाजबाट नै सिक्ने हो जुन फिस्टेलले गरेको छ ।’ उनले यस्ता खेलकुदले विद्यार्थीको सर्वांगीण विकासमा ठूलो सहयोग पुर्‍याउने विचार राखे ।


शनिबार भएको सेभेन ए साइड फुटबलको फाइनल खेलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुलले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । उनीहरूले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


५/५ छात्र बास्केटबलमा आयोजक फिस्टेल एकेडेमी, मनकामना बोर्डिङ स्कुल र अल्फा एकेडेमीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरे । छात्रा बास्केटबतर्फ काठमाडौँको एनसिसिएस, फिस्टेल एकेडेमी र बालकल्याण स्कुल प्रथम, द्वितीय र तृतीय बने । यी सबै खेलमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सेभेन ए साइड फुटबलमा शान्ति निकुञ्ज, लिटिल फ्लावर र शान्तिदीप स्कुल क्रमशः प्रथम, द्वितीय र तृतीय बने

Advertisement


टेनिसतर्फ १६ वर्षुनिको छात्रतर्फ फिस्टेलका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका शाश्वत बज्राचार्यलाई २–६, ६–३, ६–३ को सेटमा पराजित गरी प्रथम बने । द्वितीय गण्डकी बोर्डिङका शास्वत बज्राचार्य बन्दा तृतीय स्थान गण्डकी बोर्डिङका डोजन गुरुङ र भद्रकालीका सन्दीप विकले प्राप्त गरे । छात्रातर्फ मैत्रेय पाठशालाकी शाल्भी शेरचन प्रथम बन्दा शान्ति निकेतनकी अदिती पौडेल द्वितीय र सेन्ट मेरिजकी शरिसा शेरचन ताथ मैत्रेय पाठशालाकी आरुसी तुलाचन तृतीय बने ।


१२ वर्षमुनिको छात्र टेनिसमा फिस्टेलका आर्यशराज पौडेल र गण्डकी बोर्डिङका स्पन्दन उदास क्रमशः प्रथम र द्वितीय हुँदा गण्डकीका प्रफुल्ल श्रेष्ठ र डोजन गुरुङ तृतीय बने । १० वर्षमुनिको छात्रतर्फ फिस्टेलका आर्यसराज पौडेल, शिशुनिकेतनका इभान भट्टराईले क्रमश प्रथम र द्वितीय स्थान लिँदा शिशु निकेतनकै ओमयुग थापा र शोभान केसीले तृतीय स्थान प्राप्त गरे ।


छात्रातर्फ फिस्टेलकी जीवाश्री भट्टराई र सेन्ट मेरिजकी बनी एस मेथलागन क्रमशः पहिलो र दोस्रो बन्दा जिओभानी केसी र सोनाक्षी ढुंगाना तेस्रो बने । ९ वर्षमुनिको छात्रतर्फ शिशु निकेतनका इभान, फिस्टेलका जीवाश प्रथम र द्वितीय बन्दा शिशु निकेतनका ओमयुग थापा र प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।


छात्रातर्फ फिस्टेलकी जीवाश्री र गुरुकुल विद्याश्रमकी जिओभानी केसी क्रमशः पहिलो र दोस्रो हुँदा फिस्टेलकी सायना र सेन्ट मेरिजकी बनी एस मेथलागन तृतीय बने । ८ वर्षमुनिको छात्रतर्फ फिस्टेलका जीवाश र ग्लोबल कलेजियटका अनन्त पाण्डे प्रथम र द्वितीय बन्दा प्राइम मन्टेश्वरीका सर्वज्ञ खत्री तृतीय बने ।


विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक कमल लामिछानेले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया