पाेखरामा १८ वर्षपछि फेरि ठडियाे राजा वीरेन्द्रकाे सालिक

समाधान संवाददाता २०८० पुष ९ गते १३:०८

पोखरा ।
पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो ।


करिब २५ लाख लागतमा ८ फिट अग्लो सालिक निर्माण गरिएको बताइएकाे छ ।


२०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो । स्थानीय कै समन्वयमा शालिक पुनः स्थापना गरिएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया