विनोदको स्मृति दिवसमा विविध कार्यक्रम
पोखरा ।
कविता गाउँका प्रणेता, कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध गतिविधिका साथ मनाइने भएको छ । लुम्ले कविता गाउँ समितिको शनिबार बसेको बैठकले यही पुस २० गते गौचनको व्यक्तित्व र कृतित्वबारे परिचर्चाका साथै विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्लेका अध्यक्ष एकदेव देवकोटाले गौचनको योगदानलाई स्मरणीय बनाउन उनको प्रतिमा स्थापनालाई पूर्णता दिन सक्दो सहयोग गर्ने बताए । विनोदका दाजु विश्वमोहनले लुम्ले कविता गाउँ समितिले लुम्लेको पहिचानलाई थप उचाइमा पु¥याउन कविता गाउँको प्रचारप्रसारमा जोड दिन आग्रह गरे ।
बैठकले लुम्लेमा विनोद गौचनको प्रतिमा स्थापनाका लागि समितिका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा संस्थाका सल्लाहकार असफल गौतम, सचिव सुवास गुरुङ, पूर्व सचिव सुनील देवकोटा, वडा ६ का वडाध्यक्ष एकदेव देवकोटा र गौचनका दाजु विश्वमोहन छन् । गौचनको परिकल्पनामा २०६५ चैत १५ गते लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया