पोखरा २६ मा ब्राह्मण समाज

समाधान संवाददाता २०८० पुष ९ गते १३:४०

लेखनाथ ।
ब्रम्हाण समाज पोखरा महानगरपालिवा वडा नं. २६ को चौथो अधिवेशनले आगामी कार्यकालका लागि आनन्दप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा लक्ष्मी रिमाल, सचिव फणीन्द्रप्रसाद पौडेल, उपसचिव ज्योति अधिकारी र कोषाध्यक्षमा देवी अधिकारी छन् ।


सदस्यमा डिल्लीराम पौडेल, डिलमाया न्यौपाने, डिल्लीराम न्यौपाने, गणेश अधिकारी, दुर्गादत्त ढकाल र सरला अधिकारी छन् । ब्राह्मण समाज कास्की अध्यक्ष डिल्लीरमण बास्तोलाको उपस्थितिमा भएको भेलाले हिमप्रसाद कँडेल, खेमराज उपाध्याय, लक्ष्मीप्रसाद पौडेल, मोहनाथ त्रिपाठी र नरभूपाल पौडेललाई सल्लाहकारमा चयन गरेको छ ।
नगर परिषद सदस्यमा सोमनाथ उपाध्याय र कृष्णप्रसाद ढुंगाना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया