युएनभीका डिलरलाई ट्रेनिङ

पोखरा ।
विश्व विख्यात सिसीटिभि उत्पादनक कम्पनी युएनभीका पोखराका डिलरहरुलाई तालिम दिएको छ । कार्यक्रममा १ सय जना सहभागी भएका थिए ।
युएनभीको नेसनल डिस्ट्रिब्युटर इगल टेक नेपालले कार्यक्रम आयोजना गरेको हो । कस्मिक कम्प्युटिङ सलुसन्स, टिपी लिंक ट्रेडर्स र सिअइटी नेपाल युनएभीका पोखराका आधिकारिक डिलर हुन् ।
युएनभीका चिफ इन्जिनियर नारायण गैरेले कम्पनीको प्रोफाइलबारे प्रकाश पार्दै यसका उत्पादनहरुको जानकारीसमेत दिए । उनले प्राविधिक विषयमा सहभागीहरुसँग अन्तक्र्रियासमेत गरे ।
कम्पनीका प्रमुख अनिल दाहालले कम्पनीका भावी रणनीतिबारे जानकारी गराए । इगल टेकका सञ्चालक बालकृष्ण उप्रेतीले ग्राहकले युएनभीका उत्पादन किन्दा पाउने सुविधा र स्किमबारे जानकारी दिए । १० हजारभन्दा माथिको खरिदमा स्क्याच कुपन र लक्की ड्रमार्फत् मोटरसाइलक जित्नेदेखि विदेश भ्रमणसम्मका अफर रहेको उप्रेतीले सुनाए ।
कार्यक्रममा इगल टेकका प्रबन्ध निर्देशक मोहन ढुंगानाले युनिभ्यु सुपरभिलेन्स क्यामेराहरुको जडानले पोखराको ट्राफिक व्यवस्थापनदेखि सुरक्षा व्यवस्थासम्म चुस्त बनाउन सघाउने उल्लेख गरे ।
कस्मिक कम्प्युटिङका सञ्चालक पुरुषोत्तम कुँवर र टिपी लिंक ट्रेडर्सका सञ्चालक दामोदर डुम्रेले पनि कार्यक्रममा बोलेका थिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया