१० गते प्रदर्शनी केन्द्रमा ख्रीष्टमस महोत्सव हुने

पोखरा
पुस १० गते पोखराको प्रदर्शनी केन्द्रमा ख्रीष्टमस महोत्सव हुने भएको छ । मेलामा शुभकामना आदानप्रदानका लागि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने छ । “सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरुसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति” भन्ने मूल नारासहित महोत्सव हुन लागेको हो ।
महोत्सवमा येशू ख्रीष्टको जन्मोत्सवको अवरमा पोखराका चर्च सदस्यबीच शुभकामना आदानप्रदानको लागि महोत्सव आयोजन हुन लागेको हो । महोत्सवमा चर्चित गायक कर्णदास, अमृत पुन, लिलि रसायली, जोएल खड्का, पिटर थापा, प्रेम तामाङ, अनुज कुलुङ, द गोस्पल र जमार ब्याण्डको बेजोड प्रस्तुती रहने छ । महोत्सव स्थलमा बिहान बिहान १० बजेदेखि ४ बजेसम्म विभिन्नगीत, संगीत नृत्य साथै विभिन्न स्टल रहने छ ।
“प्रभु येशूको जन्मोत्सवको पावन असरमा पोखराभरिको चर्चबाट शुभकामना आदानप्रदान गर्न हामी जम्मा हुनेछौँ,” मेला संयोजक सञ्जिव थापाले भने, “मेलामा उपस्थिति भएर शुभकामना आदानप्रदान गर्नुहुन सबैलाई हार्दिक अनुरोध गर्दछौँ ।”









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया