एसइई नतिजा– ९० प्रतिशत भन्दा बढी ल्याउने १७,५८०, चालिस प्रतिशत भन्दा कम ल्याउने ४३,८४१ विद्यार्थी

समाधान संवाददाता
यस बर्षको एसएलसी परीक्षाको परिणाम पनि सन्तोषजनक आउन सकेन । ग्रेड सिस्टम अर्थात जिपिए मापन अनुसार परीक्षाफ प्रकाशित भए पनि ठुलो संख्यामा विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने अवस्था कायमै रहेको छ ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । यी मध्ये ३० देखि ४० प्रतिशत अर्थात १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४३ हजार ८ सय ४१ छ भने ४० देखि ५० प्रतिशत अर्थात १.६ देखि २ जिपिए ल्याउने विद्यार्थीको सख्या ९५ हजार ३ सय ७ जना छन् ।
यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।
परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नु परेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया