प्रहरीसँग झडपहुँदा नेविसंघ जनप्रिय क्याम्पसका नेता डेक पुन घाइते

समाधान संवाददाता २०८० पुष १० गते ०:४९

पाेखरा ।

Advertisement

प्रहरीसँगकाे झगपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) गण्डकीका नेता घाइते भएका छन् ।

साेमबार नेविसंघले पृथ्वीनारायण क्याम्प गेट अगाडि नेपाल सरकारका सस्कृती तथा पर्यटन मन्त्री सुदन किराँतिको वक्तव्य प्रति नारा जुलुस गरेकाे थियाे । साेही क्रममा  प्रहरीसँगकाे झडपमा पुन घाइते भएका हुन् । 

मन्त्री किराँतिले धर्मका बारेमा गैरजिम्मेवार अभिव्यक्तिको विरुद्ध मन्त्रीलाई पद मुक्त गर्नुपर्ने मागसहित नेविसंघले नारा जुलुस गरेकाे थियाे । आन्दोलनको क्रममा प्रहरीसँग भएको झडपमा नेविसंघ जनप्रिय क्याम्पसका नेता नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका अध्यक्ष डेक पुन गम्भीर घाइते भएकाे कांग्रेस कास्कीका सचिव भानु ढकालले जानकारी दिए ।

ढकालका अनुसार पुन थप उपचारका लागि गण्डकी मेडिकल कलेज  पोखरामा उपचारत छन्  ।  प्रहरी सँगको झडपमा गम्भीर घाइते भएकोले उक्त घटनाको छानबिनको मागसहित निरन्तर आन्दोलन अगाडी बढाउने नेविसंघ केन्द्रिय सदस्य निर्दोष  विक्रम पौडेल जनकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया