गुप्तेश्वर गुफाको सभा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा ब्यबस्थापन समितिको २८ औं वार्षिक साधारण सभा शनिबार उद्घाटन भएको छ ।
कार्यक्रम पोखरा उच्च अदालतका मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेलले उद्घाटन गरे । उनले हिन्दु धर्म, संस्कृति सनातनदेखिको संस्कार भएकाले हिन्दु धर्मावलम्बी तथा शुभ सोच्नेहरुले आत्तिनुपर्ने अवस्था नरहेको जनाए । युवा लक्षित कार्यक्रमबाट मायाको चिनो उत्पादन तथा बिक्री वितरणको व्यवस्था गर्न सके गुफका प्रवद्र्धन साथै आर्थिक आर्जन पनि हुने उनले बताए ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले वडा नं १७ सबैभन्दा धेरै जनघनत्व भएको वडा भएको र सबै विद्यालयको स्तर वृद्धिका लागि राम्रो आम्दानी भएका सामाजिक संघ, संस्थाले आर्थिक तथा अन्य सहयोग गर्नुपर्ने धारण राखिन् । गुफाको मापदण्ड महानगरले नै कायम गर्न सक्ने भएकाले अहिले रहेको २ सय मिटरलाई पुनरावलोकन गर्न पहल गर्ने प्रतिवद्धता गरिन् ।
उनले वडाभित्रका सम्भावित पर्यटकीय क्षेत्रको गुरुयोजना बनाउन प्राविधिक सहयोग वडाले गर्ने बताउँदै गुरुयोजना बनाएरमात्र कार्य गर्न सुझाव दिइन् । संस्थापक अध्यक्ष ज्योतिष नीरबिक्रम पौडेलले आफूलाई पद अनुसारको भुमिका नदिएको गुनासो व्यक्त गर्दै आगामी दिनमा त्यसो नगर्न सुझाव दिए ।
निवर्तमान अध्यक्ष विष्णुप्रसाद पौडेलले विभिन्न आरोह अवरोह पार गर्दै गुफा यो अवस्थामा आइपुगेको सुनाए । कार्यक्रममा गण्डकी प्रदेश सभाका सचिव हरिराज पोख्रेल, धनुषा जिल्ला अदालतका न्यायाधीश योगनाथ ढकाल, सल्लाहकार रामजीप्रसाद कोइराला, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, नेकपा एमाले पोखरा १७ का अध्यक्ष ऋषभ तिमिला, नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति उर्मिला खड्का, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारी, पोखरा उपत्यका नगरविकास समिति उपाध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले बोलेका थिए ।
सो अवसरमा गण्डकी प्रदेश सभा सचिव हरिराज पोखरेल, पूर्व वरिष्ठ उपाध्यक्ष गोपाल बराल, पूर्व सहसचिव मोहदत्त भट्टराई, सल्लाकार सीता बराल र कृष्णप्रसाद लम्साल, पत्रकार माधवप्रसाद रेग्मी, पूर्व सदस्य देवी चपाई र कार्यालय सहायक कमल पौडेल सम्मनित भएका थिए । समितिका अध्यक्ष लक्षुमण बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (युवक) र सचिव हरिप्रसाद लम्सालले पनि बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया