पोखरा सडक महोत्सव
पृथक खालको महोत्सव

विश्वराज पौडेल
प्रथम उपाध्यक्ष तथा महोत्सव संयोजक
पोखराको समग्र पर्यटन प्रर्वद्धनको लागि रेवान पोखराले पोखरा सडक महोत्सव गर्दै आएको छ । विगत २५ वर्षदेखि गर्दै आएको सडक महोत्सव नेपालकै विशेष खालको महोत्सव हो । रजत जयन्ती वर्ष भएकाले विगतको भन्दा अहिलेको महोत्सवले विशेष महत्व राख्छ । अहिलेको महोत्सवले झन बढी रौंनकता थप्ने हाम्रो अपेक्षा छ ।
पोखराको प्रचारप्रसार र पर्यटकीय स्थलहरुलाई चिनाउन महोत्सवले सघाएको छ । रेवानले सबै पर्यटकलाई अंग्रेजी नयाँ वर्ष पोखरामा आएर मनाउन आग्रह गरेको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नाराका महोत्सव गरिँदै आएको छ । पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने महोत्सवले पोखराको सेरोफेरोमा उत्पादन भएका सामग्रीको बजारीकरणमा सहयोग पुग्नेछ । हस्तकलाका सामग्रीको प्रदर्शनी गरिनेछ ।
फुड, म्युजिक र सांस्कृतिक कार्यक्रम महोत्सवको मुख्य विशेषता हो । महोत्सवमा साहासिक पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्नुका अलवा पोखराको पर्यटकीय सम्भावनाको बारेमा टक सो गर्ने योजना छ । महोत्सवमा डुंगा रेस, वेटर रेस, विभिन्न समुदायको झाँकी, कन्सर्ट, आतिस बाजी (फायरवक्स)सँगै अन्य विभिन्न नयाँ कार्यक्रम हुने भएकाले महोत्सव अवधिभर पोखरा आउने पर्यटकले पूर्ण मनोरञ्जन लिन सक्ने छन् । हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रदर्शन गरिनेछ । कोमागाने पार्कमा राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुतिका अलवा सांस्कृतिक कार्यक्रम देखाउने कार्यक्रम तय भएको छ ।






जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया