भूकम्पपीडितलाई राहत वितरण
पोखरा ।
सर्वेश्वर व्यवसायी समिति पोखरा ४ गैह्रापाटनले भूकम्प पीडितलाई राहत वितरण गरेको छ । समितिले २५ लाख बराबरको राहत वितरण गरेको हो ।
गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट पुगेर समितिले वेलकोट गाउँपालिका वडानं ४ का १ सय ५० परिवारलाई राहत वितरण गरेको उपमहासचिव माधवराज बरालले बताए । समितिका अध्यक्ष बालकृष्ण भण्डारीको नेतृत्वमा गएको टोलीले जाजरकोटको वेलकोट गाउँ पालिका वडानं ४ का वडाध्यक्ष विष्णुबहादुर राउत, पत्रकार हरिहरसिं राठौर, स्थानीय अगुवा आनन्द नेपालीको रोहवरमा राहत वितरण गरेको हो ।
समितिका कार्यक्रम संयोजक सदस्य शिवप्रसाद भण्डारीले न्यानो लत्ता कपडा, जुत्ता, चप्पल, स्कुल स्वेटर, झोला, खाद्यान्न लगायतका सामान वितरण गरिएको जनाए । समितिले बिभिन्न समयमा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको प्रथम उपाध्यक्ष तुलबहादुर थापा बताउँछन् ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया