जनजागरण टोलको सभा
पोखरा ।
पोखरा १७ स्थित जनजागरण टोल विकास संस्थाको साताैं साधारण सभा तथा चौथो अधिवेशन देवी थापाको अध्यक्षता र वडाध्यक्ष राधिका योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
टोलको समग्र विकासमा अहम् भूमिका निभाएका संस्थापक अध्यक्ष युवराज बराललाई अधिवेशनमा सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सभाले सचिव शिव बरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सर्वसम्मत र कोषाध्यक्षको आर्थिक प्रतिवेदन उपर विश्वास भण्डारी, मन रानाभाट, पुण्य पौडेल, गणेश अधिकारी लगायतले टिप्पणी गरे पश्चात संशोधनसहित पास गरेको छ ।
चौँथो अधिवेशनले शिव बरालको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको छ । कमलप्रसाद बराल उपाध्यक्ष, भगवती बराल सचिव, खेमराज शर्मा कोषाध्यक्ष, एकनारायण भण्डारी सह–सचिव, तुलसीराम पौडेल, रामचन्द्र वाग्ले, कल्पना पौडेल, राधा थापा, लोकमाया भण्डारी र शक्ति बराल सदस्य रहेको कार्यसमिति अधिवेशनले सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित समितिलाई जनप्रतिनिधि विक्रम गुरुङ, सम्मानित व्यक्तित्व युवराज बराल, र निवर्तमान अध्यक्षबाट अबिर र खादा लगाइ बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्षले टोलवासी सबैजनासँग सहकार्य र समन्वय गरेर नै काम गर्ने प्रतिबद्वता व्यक्त गरे । कार्यक्रममा विक्रम गुरुङ, उमाकान्त पौडेल, रामप्रसाद पोखरेल, ईश्वरीप्रसाद पोखरेल, कमला बराल, पत्रकार गुप्तप्रसाद शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया