रस्साकसीमा गौरीघाट र फिटनेस हबको जित

पोखरा ।
रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्तर्गत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो ।
प्रतियोगितामा डेमसाइड फिटनेस हबले पावरहाउस टिमलाई पराजित गर्दै तेस्रो स्थान हाँसिल गर्यो । प्रथम हुने टिमले खसी, दोस्रोले बोका र तेस्रो हुने टिमले दुईवटा कुखुराका भाले पाए । महिलातर्फ फिटनेस हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समूह दोस्रो भए । उनीहरुले क्रमशः नगद १५ र १० हजार रुपैयाँ पाए ।
नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकी अध्यक्ष धर्म पन्थी, आयोजक रेवानमा महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भीमसेन भुजेल, महिला खेलका सहसंयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले, खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेल लगायतले पुरस्कार प्रदान गरे ।
पोखरा सडक महोत्सव सोमबार रातिदेखि सकिएको छ । त्यसअघि आइतबार मध्य रातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो । नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटक लेकसाइडको सडकमा पुगेका थिए । सबैको सहयोगमा महोत्सव सफल भएको भन्दै रेवान पोखरा महासचिव विकास भट्टराईले सहयोगी, पर्यटन र शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया