बिरामीलाई आर्थिक सहयोग

पोखरा ।
पञ्चासे हर्पनडाँडा युके समाजले आर्थिक अवस्था कमजोर भएका बिरामीका उपचारको लागि आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ सिधानेका ४० वर्षीय यामबहादुर गुरुङको उपचारका लागि सोमबार ९ लाख २५ हजार ३ सय ३४ रुपैयाँ प्रदान गरेको समाजका अध्यक्ष देउकाजी गुरुङले जानकारी दिए ।
उनले यामबहादुरको उपचारका लागि समाजको विशेष पहलमा आर्थिक सहयोग संकलन गरेको बताए । बिरामी गुरुङको ८ मंसिर २०८० मा मनमोहन अस्पतालमा अपरेशन गरी देब्रे खुट्टा काटिएको थियो । गाउँमै खेती, किसानी गरी गुजारा चलाउँदै आएका गुरुङको आर्थिक अवस्था कमजोर छ ।
‘पञ्चासे हर्पनडाँडा युके समाजले विशेष गरी सिधाने, कुद्वीडाँडा, दमदमे र मकानपुरका आर्थिक रुपमा कमजोर तथा विपन्न नागरिकको लागि आर्थिक सहयोग गर्दै आएको छ,’ अध्यक्ष गुरुङले भने, ‘समाजले वडाको ४ गाउँको शैक्षिक, सामाजिक लगायतका क्षेत्रमा समेत योगदान पुर्याएको छ ।’ उनले कोराना कहरको अवधिमा समेत समाजले ती क्षेत्रका जनताका लागि राहात वितरण गरेको स्मरण गरे ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया