संस्कृति नै पहिचान होः पृथ्वीसुब्बा

लेखनाथ ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पहिचान भनेकै मौतिक भएको जनाएका छन् । ल्होसारको अवसरमा मंगलबार लेखनाथमा ङयोए तमु धींले आयोजना गरेको कार्यक्रममा गुरुङले भाषा नरहे संस्कृति हराउने उल्लेख गरे ।
नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले संस्कृति हराए जातीय अस्तित्वसमेत सकिने जनाए । ‘भाषा, संस्कृति र जातीय अस्तित्वलाई बचाई राख्न हामी संगठित हुनु आवश्यक छ,’ उनले भने । गुरुङहरु आदिवासी भए पनि शिक्षा, सामाजिक क्षेत्र र राजनीतिमा नेतृत्व लिन नसक्दा पछि परेको दाबी गरे ।
प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले लोपोन्मुख हुन लागेका संस्कृतिहरु जोगाउन घर घरबाटै प्रयास सुरु हुनुपर्ने जनाए । उनले रोजगारीका लागि विदेशिने संस्कार बदल्दै देशमै भविष्य खोज्न आग्रह गरे । गण्डकी प्रदेशका पूर्व मन्त्री वेदबहादुर गुरुङ (श्याम)ले अब राजनीति क्रान्ति सकिएकाले राज्यको नेतृत्व तहमा पुगेर समृद्धिको बाटोतर्फ अग्रसर हुनुपर्नेमा जोढ दिए ।
तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु समुदायलाई एकताको सूत्रमा बाध्नका लागि ल्होसार मनाउने प्रचलन संस्थागत हुँदै गएको जनाए । ङयोए तमु धींका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्हे ल्यु संघ नेपालका अध्यक्ष हर्कबहादुर गुरुङ, पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ, संस्थाकी कोषाध्यक्ष बुद्धिमाया गुरुङ, सचिव काशीमाया गुरुङ, सहसचिव राजु गुरुङ लगायतले बोलेका थिए ।
संस्थासँग आवद्ध २६ समाज सहभागी कार्यक्रममा ८ समूहले संस्कृतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा शिशुवा लालुपाते तमु समाज प्रथम, नवज्योति आमा समूह द्वितीय, सक्नेरी बुद्ध आमा समूह तृतीय र रुपाताल तमु समाज सान्त्वना बने ।









सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया