सम्पादकीयः राज्यका निकायको दोषै दोष

कोरियाली भाषा परीक्षामा भाग लिनदिनुपर्ने माग राख्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा कर्णाली र सुदूरपश्चिमका दुई युवाको मृत्यु भएको थियो । ईपिएस कोरिया शाखाको लापर्वाही तथा सुरक्षा कमजोरीका कारण अनाहकमा ती युवाको ज्यान गयो । त्यस घटनाको सन्दर्भमा मृतकको परिवारसँग सरकारले ४ बुंदे सहमति गरेको छ । घटनाको वास्तविक अवस्था पत्ता लगाउनको लागि एकजना पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग पनि गठन गरिसकेको छ । प्रतिनिधि सभाको एउटा समितिले बहालवाला २ मन्त्रीको भूमिकाबारे छानवीन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रदर्शनकारी माथि गोली चलको घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले घटनामा दुई मन्त्रीको भूमिका माथि प्रश्न उठाएको छ ।
सो समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ तथा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले घटनामा सुरक्षा कमजोरी रहेको र ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको प्रारम्भिक विश्लेषणबाट देखिएको अवगत गराए । प्रारम्भिक रूपमा हेर्दा फील्डमा खटिएका प्रहरीको कमान्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र ईपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि देखिएको गृहको विश्लेषण छ ।
दक्षिण कोरियामा पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले एक वर्षभित्रमा उत्पादन क्षेत्रको अर्को परीक्षामा सहभागी नगराउने कदमविरुद्ध प्रदर्शन भएको थियो । यसबारे श्रम मन्त्रालयले बेलैमा सूचना नदिएर कमजोरी देखाएको छ । पाटन उच्च अदालतले ५ पुसमा पानीजहाज निर्माणको कामको लागि निवेदन दिएकाहरुलाई पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दियो । आदेश अनुसार निवेदन दिन अदालत गएका १८ जनालाई मात्र ईपिएस कोरिया शाखामा पुगेर फारम भर्नु भन्ने सूचनाका कारण नपाउनेहरुको प्रर्दशनले उग्र रुप लिन पुग्यो ।
त्यस्तै झडप भइरहेको समयमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला आन्दोलनस्थलमा पुगेको केहीबेरमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चल्नु दुखद् पक्ष हो । सुरक्षा कमजोरीको कारण अनाहकमा ३ युवाले ज्यान गुमाएको घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नहुनु तथा बहालवाला ३ मन्त्रीको भूमिका माथि प्रतिनिधि सभाको एउटा समितिले प्रश्न उठाउनु आफैमा गम्भिर विषय हो ।
सरकारले आगामी दिनमा यस प्रकारका घटना हुन नदिन उपाय अपनाउनु पर्छ । देशमा रोजगारीको सिर्जना हुन नसकेर धेरै युवा विदेशिनु परेको छ । युवा विदेश जानको लागि चालेको प्रक्रिया हिंसात्मक बनेपछि गन्तव्य मुलुकको अहिलेसम्मको सकारात्मक दृष्टिकोणमा असर पर्न सक्छ । जसले कामदार निर्यात गर्ने मुलुक नेपाललाई असर पर्न सक्छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया