६० जना कर्मचारी दीक्षित
पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रापअनं प्रथम एवं सहायकस्तर पाचाैं तथा रापअन द्वितीय एवं सहायकस्तर चौथो तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयमा सञ्चालित ३० कार्यदिने सेवाकालीन तालिम बुधबार सम्पन्न भएको छ ।
मंसिर ११ देखि दुईवटा समूहमा आयाजित तालिमबाट चौथो र पाँचौ तहका ३०/३० जना गरी जम्मा ६० जना कर्मचारी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतद्वारा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेको अध्यक्षतामा दीक्षान्त समारोहको आयोजना गरिएको थियो । प्रमुख सचिव बस्नेतले सहभागीहरूले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने बताइन् ।
तालिम क्षमता विकासको अवसर भएकाले त्यसलाई जनताले अनुभूत गर्नेगरी सेवा प्रवाहमा प्रदर्शन गर्न सुझाव दिइन् । कार्यकारी निर्देशक पाण्डेले तालिम कार्यक्रमको समग्र सारसंक्षेप प्रस्तुत गर्दै व्यवहारमा परिवर्तन र कार्यसम्पादनमा सुधारको मान्यतालाई व्यवहारमा अनुसरण गर्न प्रशिक्षार्थीलाई आग्रह गरे । कार्यक्रमका सहभागीहरूले तालिम पेशागत दक्षता अभिवृद्धिका लागि मात्र नभई दैनिक जीवन र व्यक्तित्व विकासमा समेत अत्यन्त महत्वपूर्ण रहेको धारणा राखेका थिए ।
प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी र कर्मचारीहरूको क्षमता विकास र कार्यसम्पादनमा सुधार, प्रदेश सरकार र स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहजीकरण, प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानहरूको संस्थागत सुधार एवं शासकीय क्षमताको अभिवृद्धि गर्ने अभिप्रायले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले हालसम्म करिब १७ हजार जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिसकेको छ । अधिकृत र सहायकस्तर गरी ५२० जना कर्मचारीले ३० कार्यदिने सेवाकालीन तालिम प्राप्त गरेका छन् ।
प्रतिष्ठानले कार्यसम्पादनमा आधारित प्रशिक्षण, समस्या केन्द्रित अध्ययन अनुसन्धान, सवाल केन्द्रित सम्वाद र ज्ञान व्यवस्थापनका माध्यमद्वारा प्रदेश तथा स्थानीय तहको शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया