वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सिलका मेयरबाट सम्मान

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन सहरको दक्षिण पूर्वी भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् ।
एभरेस्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक हितका लागि कार्य गरेवापत अध्यक्ष थापालाई मेयर ताउसेफ अनवरले लेविसम काउन्सिलमा सम्मान गरेका हुन ।
बेलायत भ्रमणमा रहेका थापालाई सम्मान गर्दै, मेयर एवं काउन्सिलका प्रवक्ता समेत रहेका अनबरले आफ्नो नगर र पोखरा महानगरका बिच मित्रताका लागि चाँडै नै सम्झौता हुने विश्वास व्यक्त गरे ।
उनले लेविसम नगरका तर्फबाट पोखरेली जनतालाई मित्रता र सद्भावको सन्देश समेत दिएका छन् । म ५० हजार जनताको तर्फबाट पोखराका जनतालाई मित्रताको सन्देश दिन चाहन्छु, मेयर अनबरले भने, ‘यसले जनस्तरको सम्वन्ध अझ प्रगाढ बनाउने छ ।’ वडाध्यक्षले थापाले पोखरा भ्रमणका लागि दिएको निमन्त्रण स्वीकार गर्दै, मेयर अनबरले त्यसलाई सहकार्यको अवसरका रुपमा प्रयोग गर्ने बताए ।
वडाध्यक्ष थापाले यसअघि लन्डन सर्दक काउन्सिलका मेयर सुनिल चोप्राले पनि रोयल ट्रेकको भ्रमण गरेको जानकारी गराउँदा, मेयर अनबरले चोप्रा र आपूmबिच पनि घनिष्ट सम्वध रहेको बताएका थिए । त्यस अवसरमा मेयर अनबरले काउन्सीलको बैठक प्रक्रियाका बिषयमा जानकारी गराएका थिए ।
त्यस अवसरमा अध्यक्ष थापाले पोखरा महानगर र वडा नम्बर २६ मेयर अनवरको स्वागत गर्न आतुर रहेको बताएका थिए । त्यस अवसरमा एभरेस्ट इनका पशुपति भण्डारी लगायतको उपस्थिति थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया