पोखरा आउँदै गरेकाे बस तनहुँमा दुर्घना हुँदा ३२ जना घाइते
समाधान संवाददाता
२०८० पुष १९ गते १३:१८

पाेखरा ।
वीरगञ्जबाट पोखरा आइरहेको बस तनहुँमा दुर्घना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । बिहीबार बिहान करिब ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटनामा परि ३२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।
घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ । गम्भीर ३ जनालाई थप उपचारका लागि पोखरा पठाइएको डिएसपी खाँणले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया