होटलमा काम लगाइदिने बहानामा यौन शोषण गर्ने तीन पक्राउ

पोखरा ।
एक बालिका र दुई महिलालाई होटलमा काम मिलाइदिने बहानामा यौन व्यवसायमा लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ९ पृथ्वीचोकका २९ वर्षीय प्रवीण गुरुङ, काठमाडौं शंखमुलका २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ का २६ वर्षीय राजेश ठकुरी हुन् । पोखरा ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले सुरुमा समस्यामा परेका बालबालिका तथा महिलालाई आफ्नो होटलमा ल्याएर सरसफाइको काम लगाएको थिए भने पछिल्लो समय यौन व्यवसायमा लगाउँदै गरेको आरोपमा प्रहरीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सुरुआती चरणमा राम्रो कमाइ हुने भन्दै ती व्यवसायीले होटल सरसफाइमा राखेका थिए । तर, पछि अझ राम्रो कमाइ हुने प्रलोभन देखाइ यौनजन्य क्रियाकलापमा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘सुरुवाती समयमा होटलमा सरसरसफाइको काम लगाइदिएको र पछि राम्रो कमाइ हुने प्रलोभन देखाएर पछिल्लो समयमा अञ्जान पुरुषहरुसँग भेट गराइदिने र योन व्यवसायमा लगाउँदै आएको देखिएकाले नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण विकले भने ।
पक्राउ परेका उनीहरुले ती बालिका र महिलालाई पोखराका विभिन्न होेटलमा पुगेका पुरुषसँग भेट गराइदिने गरेका थिए । पक्राउ परेका तीनैजनामाथि मावन बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी विकले जानकारी दिए ।









माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
रघुगंगाको दुवारीमा केन्द्रीय प्रसारण लाइनको बिजुली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया