यातायात मजदूर लामो दूरीमा खेमबहादुर

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामो दूरी बस तथा मिनीबस इकाइ कमिटीको १५ औं अधिवेशन शनिबार भएको छ । अधिवेशनबाट अध्यक्षमा खेमबहादुर भुजेल, उपाध्यक्ष शम्भुकुमार लामिछाने, सचिव तारापति शर्मा, सहसचिव भेषराज कार्की, कोषाध्यक्ष हरिश्चन्द्र नेपाली चुनिएका छन् ।
कमिटीका सदस्यमा भीमबहादुर परियार, दुर्गाबहादुर दाहाल, फणीन्द्र मगर, भानुभक्त तिमिल्सिना, राजकुमार बिष्ट, सन्तोष परियार, सिन्जन परियार र होबहादुर गुरुङ रहेको संगठनका गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर खत्रीक्षेत्रीले जानकारी दिए । कमिटीका सल्लाहकारमा चूडामणि शर्मा पोखरेल, शिवचन्द्र काफ्ले, ईन्द्रलाल न्यौपाने, शिवबहादुर सापकोटा, रामबहादुर दर्जी र वीरबहादुर गुरुङ छन् । कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यलाई संगठनका प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिं गुरुङले पद तथा गोपनियताको सपथ गराए ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले अधिवेशनको उद्घाटन गर्दै यातायात मजदूरको पेशा खुकुरीको धारमा रहेको बताए । जति बेला पनि विभेद र अन्यायमा पर्ने भएकाले सचेत र संगठित भएर प्रतिवाद गर्नुपर्ने उनले उल्लेख गरे ।
नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय उपमहासचिव विष्णुबहादुर पराजुलीले सरकारले २० वर्षे सवारीलाई विस्थापन गर्न लागेकोमा सर्वोच्च अदालतको आदेशको कारण स्थगित भएको जानकारी दिए । संगठन गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्री क्षत्रीले संगठनले श्रम र पुँजीको पाटोको विश्लेषण गर्ने बताए । उनले शिक्षित, सक्षम र अनुशासित भएको खण्डमा सम्मानित र मर्यादित बन्न सकिने तर्क गरे ।
पृथ्वी राजमार्ग बस कम्पनी प्रालिका सञ्चालक जसबहादुर गुरुङ, नेपाल यातायात मजदूर संगठनका लामो दुरी बस तथा मिनीबस इकाइ कमिटीका सहइन्चार्ज दिलबहादुर श्रेष्ठ, कमिटीका उपाध्यक्ष शम्भुकुमार लामिछाने, सचिव शिवचन्द्र काफ्ले, तरकारी तथा फलफूल ढुवानी इकाइ अध्यक्ष भेषराज अधिकारी लगायतले यातायात क्षेत्रको समस्याको बारेमा बोलेका थिए ।
‘श्रमको सम्मान र मर्यादित काम, सामाजिक सुरक्षा कार्यान्वयन, हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रम भएको हो ।









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया