इलेक्ट्रो मेकानिकलमा नयाँ नेतृत्व

लेखनाथ ।
इलेक्ट्रो मेकानिकल संघ नेपालकोे अध्यक्षमा बलभद्र नकर्मी सर्वसम्मत भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनले नकर्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
३ वर्षीय कार्यकालका लागि उपाध्यक्षमा माधवप्रसाद तिवारी, महासचिव रेशम गुरुङ, कोषाध्यक्ष सन्दीप पौडेल र सचिवमा सृजन सुवेदी चयन भए । समितिका सदस्यमा अभिजित देवकोटा, शंकर लिगल, प्रमिला तुलाचन, आश मोहमद मिया, जीवनाथ पौडेल र शेरबहादुर महतो चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अधिवक्ता युकदेव गौतमले पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष प्रकाशमान उदासले व्यवसायिक संस्था भए पनि सामाजिक कार्यमा अग्रसर रहेकोमा प्रशंसा गरेका थिए । उनले इलेक्ट्रो जस्तो जोखिमपूर्ण व्यवसायमा बिमा कार्यक्रमले व्यवसायमा लाग्न थप प्ररित गरेको बताए ।
उनले व्यवसाय दर्ता गरी सञ्चालन गरेमा व्यसायीको हकहितको लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । वडाध्यक्ष उदासले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने सदैव तयार रहेको बताए ।
संघका अध्यक्ष कृष्णराज गौतम अध्यक्षतामा भएको कार्यक्रममा बिजी रेफ्रिजेसन काठमाडौंका सञ्चालक लवनारायण श्रेष्ठ, संघका सल्लाहाकार संयोजक तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद द्वा, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका पराजुली, पोखरा उद्योग बाणिज्य संघका उपमहासचिव शोभा गौतम, नेरिमा काठमाडौंका अध्यक्ष विनोद डंगोल, सम्मानित व्यक्तित्व गोविन्द पौडेल, संघका सचिव रेशम गुरुङले पनि बोलेका थिए ।
कार्यक्रममा रेडियो सार्थकका कार्यकारी निर्देशक तीर्थ केसीलाई सम्मान गरिएको छ ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया