रानाभाट/भाट समाजकाे अध्यक्षमा सम्मर

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासताल स्थित रानाभाट/भाट समाज इकाईको अध्यक्षमा सम्मरबहादुर रानाभाट निर्वाचित भएका छन् । समाजको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनले रानाभाटलाई शनिबार आगामी कार्यकालका लागि निर्वाचित गरेको हो ।
यसै गरी सर्वसम्मत रुपमा चयन गरिएको उपाध्यक्षमा सरस्वती रानाभाट, सचिवमा महेश रानाभाट, कोषाध्यक्षमा राजन रानाभाट, सह सचिवमा शारादा रानाभाट रहेका छन् । समाजका सदस्यहरुमा भक्तबहादुर रानाभाट, बासुदेव रानाभाट, बिन्दु रानाभाट, गणेश सापकोटा, रेजिना रानाभाट र खिमबहादुर रानाभाट छन् ।
अधिवेशनले भूपेन्द्र बहादुर रानाभाट, छविलाल रानाभाट, ऋषिराम रानाभाट, नवराज रानाभाट, लक्ष्मण रानाभाट लाई सल्लाहकारमा चयन गरेको छ । यस अघि रानाभाट/भाट समाज कास्की जिल्ला कार्य समितिका सदस्य एवम् सल्लाहकार भूपेन्द्रबहादुर रानाभाटले छोटो समयमा नै बेगनासताल इकाइले ठूलो प्रगति हासिल गरेकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रमा बसोवास गर्ने रानाभाट बन्धुहरु आफ्नो पहिचानका लागि पनि एकहुनुपर्नेमा जोड दिंएका थिए ।
सल्लाहकार ऋषिराम रानाभाट, नवराज रानाभाट, लक्ष्मण रानाभाट र गणेश सापकोटाले आगामी दिनमा समाजलाई कानुनी रुपमा दर्ता गरी अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए । समाजका अध्यक्ष सम्मर बहादुर रानाभाटले आगामी दिनमा सबै रानाभाट बन्धुहरुलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस समाजमा सदस्य नभएका बन्धुहरुलाई पनि समाजको छाता संगठनमा आवद्ध हुन पनि आग्रह गरेका थिए ।
सचिव महेश रानाभाटले सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष सरस्वती रानाभाटले स्वागत गरेकी थिइन् । अध्यक्ष सम्मरबहादुर रानाभाटद्वारा प्रस्तुत अध्यक्षको प्रतिवेदन, सचिव महेश रानाभाटद्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजन रानाभाटद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अधिवेशनले सर्वसम्मत रुपमा पारित गरेको थियो ।








समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
सामुदायिक स्कुल विकासका प्रयास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया