स्याङजाकाे मालुंगामा नेपाल टेलिकमको एफटिटिएच सेवा

पोखरा ।
नेपाल टेलिकमले स्याङजाको मालुंगा बजार र सोको आसपास क्षेत्रलाई समेटने गरी उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्फत मालुंगा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले अब उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्वाध रुपमा चलाउन सक्नेछन् ।
एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिबिपिएस स्पिड क्षमतासम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनिय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताए ।
मालुंगा बजार गल्याङ नगरपालिका वडा नम्बर १ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरुमा नेपाल टेलिकमको हाइस्पिड ब्रोडब्यान्ड सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताए ।
हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्फत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई ‘फोर इन वन’ भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया