धादिङ—लेखनाथ समाजको सभा

समाधान संवाददाता २०८० पुष २४ गते १०:३९

लेखनाथ ।
धादिङ पोखरा क्षेत्र नम्बर २ लेखनाथ कल्याणकारी समाजको ७ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले विगतदेखि नै विभिन्न सामाजिक कार्यहरुमा वडाले समाजसँग सहकार्य गर्दै आइरहेको र वडालाई संस्थाको तर्फबाट प्राप्त भएको सहयोग, सुझाव, सल्लाहका लागि धन्यवाद व्यक्त गरे ।


धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष राजु पाण्डेले समाजले गर्दै आएका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट कार्य गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । मातृसंस्थाको हिसाबले समाजका हरेक कार्यहरुमा सधैं साथमा रहने समेत उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।


धादिङ पोखरा सम्पर्क समाजका पूर्वअध्यक्ष कृष्ण लम्सालले पेशा व्यवसायको सिलसिलामा धादिङबाट पोखरा बसाइ सरेर आएता पनि आफ्नो मन धादिङमै रहेको भन्दै सबैले आफ्नो जन्म ठाउँको विकासका विषयमा सोच्नुपर्ने बताएका थिए । समाजका सल्लाहकार तिलक रोकाले कठिन मेहनेतका साथ स्थापना गरिएको समाजलाई एकताका साथ अगाडि वढाउनुपर्ने र आगामी दिनहरुका गतिविधिहरुका लागि आर्थिक अवस्था मजबुद बनाउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement


समाजसेवी रामचन्द्र सेढाईंले धादिङबाट बसाइ सरेर आएता पनि समाजले कर्मथलो पोखराका निम्ति धेरै योगदान गरेको, थुप्रै परोपकारी कार्यहरु गरेको र अन्य संस्थाहरुले सिक्नलायक धेरै कार्यहरु गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।


समाजका निवर्तमान अध्यक्ष तेजबहादुर बस्यालले संस्था विगतमा अप्ठेरो परिस्थितिबाट गुज्रेको बताउँदै त्यस्तो अवस्थामा पनि एकजुट भएर हातेमालो गरेकोमा सम्पूर्ण सदस्यहरुमा धन्यवाद व्यक्त गर्दै अहिलेको संकटपूर्ण आर्थिक अवस्थामा पनि देखिएको अग्रसरताका लागि आभार व्यक्त गरेका थिए । समाजका सल्लाहकार हरि पन्तले समाजका कार्यहरुमा तन, मन र धन हरेक तवरले सहयोग गर्दै आएको बताउँदै संस्थाको सक्रियता आगामी दिनहरुमा बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

Advertisement


उक्त अवसरमा समाजका अध्यक्ष बुद्धराज बस्यालले संस्था सफलतापूर्वक सातौं वर्षमा आइपुग्नु गौरवपूर्ण र सुखद कुरा भएको बताउँदै यस अवधिमा थुप्रै सचेतनाका कार्यहरु गर्दै विकास निर्माणमा स्थानीय सरकारसँग हातेमालो गर्दै आएको बताएका थिए ।


संस्थाका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार एवं गण्डकी मिजार समाजका अध्यक्ष गोपाल नेपालीले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव मिस्टर नेपालीले गरेका थिए ।

तपाईको प्रतिक्रिया