कोशीको सभामुखमा राप्रपाका विष्ट सर्बसम्मत !

समाधान संवाददाता २०८० पुष २४ गते १२:४३

पोखरा ।

Advertisement

नेकपा एमालेले पनि समर्थन गर्ने भएपछि कोशी प्रदेश सभाको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट सर्बसम्मत निर्बाचित हुने भएका छन् ।

सत्ता गठबन्धसँगकाे सहकार्यमा राप्रपाका प्रदेश सांसद बिष्टले उमेद्वारी दिदछन् । कोशी प्रदेश सभामा आजै ३ बजे सभामुख चयन गर्ने तय गरिएको छ ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेको छ । राप्रपाले गठबन्धनको प्रस्ताव स्विकार गर्दै झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख उमेद्वार बनाउने भएकाे छ ।

आजै बसेको एमाले कोशी प्रदेशको संसदीय दलको बैठकले सत्ता गठबन्धन भन्दा बाहिरबाट सभामुखमा उमेद्वारी परेमा एमालेले उमेद्वारी नदिने निर्णय गरेको छ । राप्रपा सत्ता गठबन्धनमा छैन् । त्यसैले राप्रपाका विष्ट निर्बिरोध हुने भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया