ढुंगेसाँघुमा मेलाअघि सरसफाइ

समाधान संवाददाता २०८० पुष २४ गते १३:०५

पोखरा ।
पोखरा १७ को ढुंगेसाँघुमा लाग्ने माघे संक्रान्ति मेलाको तयारीस्वरुप सोमबार यस क्षेत्रमा सरसफाइ गरिएको छ । सदा शिवजी सिद्देश्वर हरिहर मन्दिर व्यवस्थापन समितिले मेलालाई व्यवस्थित र भव्य बनाउनको निम्ति सरसफाइ गरेको हो ।

Advertisement


व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी मेलालाई मध्यनजर गरी तयारी सुरु गरिएको बताउँछन् । मेला आयोजना गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएका छन् । सो अवसरमा भजनकीर्तन प्रतियोगिता र माघ १ गते गत वर्ष जहाज दुर्घटना भएको स्थानमा साँझ महाआरती गर्ने तयारी छ ।


प्रदेश सभा सदस्य भीम कार्कीले परम्परा, संस्कृति र सभ्यता संरक्षणबाटै उन्नत समाज निर्माण हुने बताए । पोखरा १७ की अध्यक्ष राधिका शाही योगीले सरोकारवाला सबैको सहभागिता र अपनत्वमा मेलालाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिइन् । नेपाली सेना, सशस्त्र प्रहरी, सो क्षेत्र आसपास आमा समूह, टोल विकास संस्था र स्थानीयहरुको सहभागितामा सरसफाइ गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया