रुसमा थप एक नेपालीको मृत्यु

समाधान संवाददाता २०८० पुष २६ गते २१:१३

काठमाडौं ।
रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन् ।

Advertisement

नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन् । हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो । परराष्ट्रका अनुसार रुसी सेनामा करिब २ सय नेपाली छन् । ४ जना युक्रेनी सेनाको बन्धक रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया