गण्डकीमा गठन भयो पूर्व सांसद क्लब

पोखरा ।
गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन् । पोखरामा बिहीबार भएको भेलाले गण्डकी प्रदेश सभा, पूर्व सांसद मञ्च गठन गर्ने निर्णय भएको छ । पूर्व सांसद ओमकला गौतमका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्ध बनाउँदै प्रदेशबासीको हकहित प्रवद्र्धन मञ्च गठन गरिएको हो ।
संघीय संसद तथा गण्डकी प्रदेश सभासँग आवश्यक समन्वय गरी गण्डकी प्रदेश सभाको काम कारबाहीमा प्रभावकारिता ल्याउने उद्देश्यले गण्डकी प्रदेश सभाका पूर्व सदस्यहरु रहने गरी मञ्च गठनको निर्णय गरिएको उनको भनाइ थियो ।
भेलाले मञ्चको विधान मस्यौदा निर्माणका लागि समिति समेत गठन गरेको छ । विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ ।
समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, गायत्री गुरुङ, विनोद केसी, खीमविक्रम मल्ल र धनमाया पोखरेल लामा छन् । मञ्चको अर्को भेला प्रदेश सभा स्थापनाको दिन माघ २२ गते प्रदेश सभा परिसरमा बस्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया