मिलनसार सहकारीको सभा

पोखरा ।
मिलनसार सामाजिक उद्यमी महिला सहकारीको १२ औं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा पोखरा ३३ का अध्यक्ष रामचन्द्र अधिकारीले सामाजिक जागरणका क्षेत्रमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाए ।
उनले सहकारीहरू उत्पादनसँग जोडिनुपर्ने बताउँदै त्यसबाट रोजगारी सिर्जना गर्न सकिने जनाए । सहकारीकी अध्यक्ष मनमाया मगरलेसदस्यहरूको आर्थिक विकासका लागि सहकारीको मूल्य, मान्यतामा आधारित रही उद्यमशीलतामा जोड दिइएको सुनाइन् । सदस्यलाई बचत र लगानीमा सहयोग पुर्याउँदै यस क्षेत्रको कृषि, पशुपालन तथा आयमूलक एवं उत्पादनमूलक काममा सहयोग पुर्याउने उद्देश्य राखिएको उनको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय समाचार गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ । सोही समारोहमा सहकारी सञ्चालनको विभिन्न विधामा सहयोग पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरियो । सहकारीले ज्येष्ठ सेयर सदस्यका रुपमा चन्द्रमाया कामी, चुलमाया गुरुङ र केशरीमाया पौडेललाई सम्मान गरेको छ । असल ऋणीतर्फ श्रीमाया फेवाली, प्रेरणा पुन, देवीमाया नेपाली, लक्ष्मीदेवी आचार्य, विष्णुमाया खत्री, निर्मला लामिछाने र फुलमाया भुजेल सम्मानित बने ।
उत्कृष्ट अनुशासित समूहमा जयकाली आयआर्जन समूह, उत्कृष्ट बालबचत कर्तातर्फ कृञ्जल गुरुङ र अमन श्रेष्ठ, उत्कृष्ट बचततर्फ सगरमाथा महिला समूह र खरिमा पुन, बेसार बजार व्यवस्थापनमा विष्णुमाया अधिकारी र शान्तिदेवी अधिकारी, बेसार कुटानी पिसानीतर्फ मनमाया मगरलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सहकारीकी सचिव विन्दुु चापागाईं, उपाध्यक्ष सरस्वती अधिकारी, भरतपोखरी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, भरतपोखरी साना कृषि सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारी, वडा सदस्य विनोदबाबु भण्डारी, चित्रबहादुर गुरुङ, तुलसीमणि अधिकारी, देवीमाया आचार्य, शिवराज अधिकारी, सहकारीका व्यवस्थापक कर्णकुमारी महत लगायतले बोलेका थिए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया