प्रतिभा माविकाे क्रिकेट टुर्नामेन्ट सकियो

समाधान संवाददाता २०८० पुष २९ गते ११:५०

पोखरा ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सञ्चालित प्रतिभा क्रिकेट टुर्नामेन्ट सकिएको छ । शनिबार भएको फाइनल खेलमा कक्षा १२ को व्यवस्थापन संकायको बिहानी सत्रको सेक्सन बी १३ रनले विजयी हुँदै उपाधि जितेको छ ।

Advertisement


दिवा सत्रको व्यस्थापन समूह १२ कक्षा दोस्रो भएको छ । आशीष विक म्यान अफ दी म्याच बने । प्रतियोगितामा आशीष विक बेस्ट बलर बने । ९१ रन लिएका राहुल शर्मा बेस्ट ब्याटर बने । रोहन चन्द बेस्ट फिल्डर बनेका छन् । प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा भएको थियो ।


१० ओभरमा खेलाइएको प्रतियोगितामा विजयी टिमलाई विद्यालय सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेल, प्राचार्य किरण सापकोटा लगायतले सिल्ड र मेडल प्रदान गरे ।


प्राचार्य सापकोटाले अन्तर सदनात्मक रुपमा भएको खेलामा छात्रका विभिन्न ४ समूह भएको जनाए । प्लस टुतर्फ छात्रकै ९ टिमबीच प्रतिश्पर्धा भएको थियो । प्लस टुमा बिहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर खेलाइएको थियो ।


युवा पुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेकोले विद्यालयले टुर्नामेन्ट आयोजना गरेको सापकोटाले बताए । विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने प्राचार्य सापकोटाले बताए । सञ्चालक समिति अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिश्पर्धा आवश्यक रहेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया