रेडक्रस उपशाखा पोखरा २७ को सभा

समाधान संवाददाता २०८० पुष २९ गते ११:५९

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डपाणि पौडेलले रेडक्रसका ७ सिद्धान्तलाई आत्मसात गर्दै रेडक्रसको अभियानलाई ग्रामीण तहसम्म पुर्‍याउनुपर्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी अर्घौं उपशाखा पोखरा २७ को २६ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै सभापति पौडेलले मानव सेवा गर्ने विभिन्न तौरतरिका भए पनि रेडक्रसले तत्काल उद्धार गरी ठूलो घटना हुनबाट बचाउँदै आएको जनाए ।

Advertisement


नेपाल रेडक्रस सोसाइटी अर्घौं उपाशाखा पोखरा २७ का सभापति तिलकशाली सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना, जिल्ला शाखाका उपमन्त्री रमा न्यौपाने, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका अधिकारी, आजीवन सदस्य भानुभक्त लामिछाने, विशिष्ठ सदस्य कृष्णप्रसाद तिमिल्सेना, सल्लाहकार प्रकाशलाल श्रेष्ठ, उपशाखाका सचिव गोपालमणि लामिछाने र उपसभापति नारायण भट्टराईले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया