गणपति लघुवित्तको साधारण सभा

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २९ पुस आइतबार शुक्लागण्डकी ४ दुलेगौंडामा संस्थाले सभा सम्पन्न गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष अर्चना प्रधान र सभाका एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले संयुक्त रुपमा सभा उद्घाटन गरेका थिए । साधारण सभाले सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।
सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयर धनीहरुको प्रतिनिधित्व गर्दै २ जना नयाँ सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । नुवाकोटका प्रकाश खरेल, नुवाकोट र भक्तपुरका भूपेन्द्रप्रसाद जोन्छे सदस्य निर्वाचित भएका हुन् ।
२०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको संस्थाले २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालय चलाइरहेका छ । उसले ग्रामीण क्षेत्रका ३३ हजरा ८ सय ५८ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यो अवधिसम्म २ अर्ब ८ करोड ९७ लाख कर्जा लगानी संस्थाले गरेको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया