अमलाबिसौनी टोलमा खगेन्द्र

पोखरा ।
अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाको अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
संस्थाको नवौं अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिव राजु खड्का, सहसचिव राजेन्द्र शाही ठकुरी, कोषाध्यक्ष भुवनकुमार पौडेल र सहकोषाध्यक्षमा भुवनबहादुर बस्नेत चुनिए । सदस्यमा सीता थापा, गंगा कार्की, सन्तोष खत्री, राधा थापा, सरिता अधिकारी, लक्ष्मी पौडेल र सिर्जना थापा छन् ।
कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको समग्र विकासमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने जनाए । सभाले कोषाध्यक्ष भुवन बस्नेतकोे आर्थिक प्रतिवेदन र सचिव लक्ष्मी श्रेष्ठको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष रेकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमा पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार होमबहादुर खड्का, संरक्षण आमा समूह अध्यक्ष पार्वती बस्नेत, सरस्वती मन्दिरका अध्यक्ष दीपेन्द्र बस्नेत, भजन समूहका राजेन्द्र शाही ठकुरी र पूर्व सदस्य कृष्णवहादुर खड्कालाई सम्मान गरिएको थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया