
गोरखा ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो ।
फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगानाले जानकारी दिइन् । ‘किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ’, उनी भन्छिन्, ‘सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो ।’
परियोजनामार्फत कार्यालयबाट गत आर्थिक वर्षमा २४ हजार एक सय १६ फलफूलका बेर्ना खरिद गरेर वितरण गरेको प्रमुख ढुंगानाले सुनाइन् । परियोजनाले कृषक समूह, सहकारी, कृषि उद्यमीलाई माग आधारमा मात्र नभई जमिनको क्षमता र आवश्यकताको पहिचान गरी ५० प्रतिशत अनुदानमा फलफूलका बेर्ना वितरण गर्दैआएको छ । कार्यालयले बेर्नामा अनुदान उपलब्ध गराएसँगै गत आवमा जिल्लामा थप ८० हेक्टर जमिनमा सुन्तला खेती गर्ने क्षेत्रफलमा वृद्धि भएको छ ।
परियोजनाले चक्लाबन्दी खेती, नमूना बगैँचा स्थापना तथा क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत किसानलाई बेर्नामा अनुदान उपलब्ध गराएको हो । परियोजनाअन्तर्गत गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका तथा पालुङटार नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै परियोजनाअन्तर्गत नै तनहुँको भानु नगरपालिका ११ र बन्दीपुर गाउँपालिका ६ मा पनि उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया