धिमे नाच र धिमेबाजा प्रशिक्षण

पोखरा ।
पोखरामा युवायुवतीलाई धिमेबाजा र धिमे नाच तालिम दिइएको छ । नेवा मिसा पुच कास्कीको आयोजना र पोखरा महानगरपालिका वडा नं ३ को सहयोगमा भएको तालिममा ४० जना सहभागी थिए ।
१५ दिनसम्म चलेको तालिममा बिकेस महर्जन र लिजा महर्जनले प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रममा पोखरा ३ का वडाध्यक्ष प्रकाशमान उदासले संस्कार र संस्कृति जोगाईराख्न सकेमात्र पहिचान कायम रहने बताए ।
उनले पोखरामा भएका नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा पत्रकार तथा मिसा पुचहरुको सहयोगमा नेवारी समुदायको संस्कृति झल्किने संग्रहालय निर्माण भएकोमा खुसी व्यक्त गरे । नेवा खलः कास्की अध्यक्ष अशोक पालिखे पोखरामा नेवा संस्कार र संस्कृति प्रवर्धन र संरक्षणका लागि युवालाई पोखरामै पहिलो पटक धिमे नाचको तालिम दिइएको बताए । नेवा मिसा पुचः कास्कीले लोपोन्मुख अवस्थामा पुगेको पञ्चबुद्ध नाच, कुमारी नाच, चर्या नृत्य तथा धिमे नाचलाई पोखरामा पुनर्जागृत गरेको उनको भनाइ छ ।
नेवा मिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यले प्रशिक्षार्थिलाई निरन्तर अभ्यासमा लागिरहन आग्रह गरिन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया