गर्भवतीलाई पोखरा १७ को पोषण प्याकेज

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालयले वडाका गर्भवती महिलालाई पोषण प्याकेज वितरण गर्दै आएको छ । अहिलेसम्म १ सय २३ जनाले वडाको उपहारका रुपमा पोषण प्याकेज पाएका छन् ।
पोखरा १७ मा रहेको सहरी स्वास्थ्य केन्द्रमा नियमित चेकजाँच गराउने गर्भवतीलाई आव ०८०/०८१ को वार्षिक योजनाबाट प्याकेज वितरण गरिएको वडाध्यक्ष राधिकाकुमारी शाहीले बताइन् । प्याकेजमा अन्डा, हर्लिक्स, क्वाटी लगायतका सामग्री राखिएको छ ।
‘बाल मृत्युदर र मातृ मृत्युदर घटाउँदै स्वस्थ नागरिक तयार गर्न सानै भए पनि प्रयास थालेका हौं,’ वडाध्यक्ष शाही भन्छिन्, ‘आमा र बच्चा कुपोषणको शिकार हुनु नपरोस् भनी सबैभन्दा नजिकको सरकारको तर्फबाट नागरिकलाई उपहार दिएका हौँ ।’
महानगरको धेरै जनसंख्या र ठूलो क्षेत्रफल भएका वडामध्ये पर्ने पोखरा १७ लाई योजनावद्ध रुपमा विकास गर्न आफूहरु लागिपरेको उनको भनाइ छ ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया