पोखरा महोत्सव जारी

समाधान संवाददाता २०८० माघ ५ गते १२:४६

पोखरा ।
पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्राैं संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुति रहने भएको छ । महोत्सवको नवौँ दिन दिउँसोको स्टेज सोमा एलिना चौहान र साँझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्यान्ड मन्त्र ब्याण्डको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

Advertisement


महोत्सवमा शुक्रबार एलिनासँगै जीवन दाहाल, शिवरि ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चापागाई, कमला गैरे, वीनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ ब्यान्डतर्फ मन्त्र ब्यान्डको प्रस्तुति रहनेछ ।


महोत्सवमा बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिए । बद्रीले धेरै धेरै बधाइ छ छाडिजानेलाई, पैैसा सापटी, रातो गलबन्दी, झ्याउरेको तालैमा, चप्पलै छिनियो, ससुरालीमा, पञ्चेबाजा, कान्छी हे कान्छी लगायतका गीतमार्फत दर्शकलाई नचाए । बद्रीसँगै बिहीबार जीवन दाहाल, शिवहरि ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ, नेत्रपाणि बास्तोला, रमा राना, पूजा गुरुङ लगायतको प्रस्तुति रह्यो ।

Advertisement


साँझको लाइभ ब्यान्डमा सबिन राई एण्ड द फेरोहको लाइभ कन्सर्टमा युवा झुमेका थिए । महोत्सवको आठौं दिनमा पुग्दा दर्शकको भीड र व्यापार दुवै बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लागेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया