ग्लोबल रिचको फेयर ८ गते

समाधान संवाददाता २०८० माघ ५ गते १२:५१

पोखरा ।
ग्लोबल रिच अस्ट्रेलियन एजुकेसन फेयर माघ ८ सोमबार हुने भएको छ । फेयरमा अस्ट्रेलियाका १३ भन्दा बढी युनिभर्सिटीका प्रतिनिधि आउने पक्का भएको छ ।

Advertisement


अस्ट्रेलियाका विश्वविद्यालयमा नेपालका विद्यार्थीलाई पठाउनका लागि ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आएको ग्लोबल रिच नेपालले मेला आयोजना गरेको हो । ग्लोबल रिचको भाटभटेनीमा स्थित पोखरा शाखामा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मेला सञ्चालन हुनेछ ।


कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिसँग अन्तक्र्रिया गर्ने छन् । सहभागीलाई अस्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे जानकारी दिइनेछ । कार्यक्रममा विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ ।

Advertisement


विद्यार्थीले अस्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसर लगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रस्ट हुने आयोजकले जनएको छ । कार्यक्रममा सहभागिताका लागि शुल्क लाग्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया