पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे ।
नेपात्र पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले विदेशी धावकहरुको प्रोफाइल बनाउनका लागि आग्रह गरे । प्रतियोगिता अन्तर्राष्ट्रिय भइरहँदा त्यहाँ आउने धावकहरुले अन्य उपाधि जितेको भए त्यसको प्रोफाइल सार्वजानिक गर्दा थप रोचक हुने बताए । साथै विद्यार्थीहरुलाई दौडने तरिका प्रतियोगिता हुनु अगावै एक पटक विद्यालयहरुमा पुगि सिकाउन समेत सुझाव दिए ।
हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले विद्यार्थीहरुको सहभागिताका लागि आवश्यक जानकारी नपाएको सुनाए । उनले विद्यार्थी सहभागितालाई सहज बनाउनका लागि विद्यालयहरुमा जानकारी गराउने वातावरण मिलाइदिन अनुरोध गरे । कार्यक्रममा संस्थाका विभिन्न प्रतिनिधित्व गरेका व्यक्तिहरुले आफ्नो सुझाव राखेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको अन्तरक्रियामा नीजि विद्यालयहरुका छाता संगठनहरु हिसान, प्याब्सन, एन– प्याब्सन, पोउवा संघ, गोर्खा समुदाय, वुमन्स क्लब अफ पोखरा, प्रदेश बाल परिषद् गण्डकी, हेराले, शान्तिका लागि दौड (पिस रन) का निर्देशक सलिल विलसन, एसिएन प्यासिडिन्स कोर्डिनेटर हारासिल्ता सुनाओसी, पत्रकार लगायतका संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले स्वागत मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बारेमा प्रस्तुती दिएका थिए ।
सोही क्रममा मेजर लक्ष्मी प्रसाद गुरुङले ह्विलचियर र दृष्टिविहिन दौडका लागि पुरस्कार प्रायोजन गर्ने घोषणा गरे भने मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले कार्यक्रम समापन गरे ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया